बाढीले २८ सय वढि घर ध्वस्त
बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा दुईहजार सातसय जना वढि वेपत्ता रहेका छन् । ३६ सय वढिको उद्धार गरिएको छ । गत भदौ १० गते बिहान १० वजे आएको प्रलयकारी बाढीले नुवाकोटमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित पारेको हो ।

नुवाकोटमा बाढीले हालसम्म वगाएर ल्याएको दुइसय पांच जनाको शव निकालिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीमा परेर हालसम्म नुवाकोटका दुइहजार सातसय २३ जना वेपत्ता रहेका छन् । ६६ जना घाइतेको उपचार गरिएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । हालसम्म बाढीमा परेका स्वदेशी र विदेशी गरि तीनहजार ६ सय ३० जनालाई हेलिकप्टर तथा स्थलगत उद्धार गरिएको प्रशासकिय अधिकृत नेपालले जानकारी दिए ।

उनका अनुसार शव भेटिएकामध्ये ३९ जनाको शव आफन्तको जिम्मा लगाइएको छ । एकसय १२ वटा शव पहिचान नभएका तथा वेवारिसे शव वयवस्थापन निर्देशिका २०७८ वमोजिम बिदुर नपा ६ खम्पाक्याम्पस्थित खाली जमिनमा व्यवस्थापन गरिएको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा प्रभावित गरेको छ । बाढीले नुवाकोटमा दुईहजार आठसय ३१ घरमा क्षति गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।












































