कारागारमा बन्दीहरुले वडादशैंको टिका सामूहिक रुपमा लगाए
बिदुर – केन्द्रीय कारागार नुवाकोटका कैदीवन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको वडादशैं पर्व मनाएका छन् । उनीहरुले एकआपसमा टिका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर यस वर्षको वडादशैं मनाएका हुन् । विदुर नगरपालिका ६ चण्डीपोखरी, खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा वन्दी जीवन व्यथित गरिरहेका थुनुवावन्दीहरुले वुधवार एकआपसलाई विजयादशमीको टीका लगाएर र भोजभतेर गरेर सामूहिक रुपमा नेपालीहरुको ठुलो पर्व वडादशैं निकै खुसीयालीसाथ मनाएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ ।

दुई महिना अगाडिको अकल्पनीय बाढीको कहरकावीच पनि विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै वडादशैं मनाएका हुन् । कारागारमा रहेका सातसय ३३ जना कैदीवन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै सामूहिक रुपमा एकआपसमा टीका लगाएर वडादशैं पर्व मनाएको जेलर भेषवहादुर कुवरले जानकारी दिए । उनका अनुसार कारागारमा रहेका वन्दीहरुले तीनवटा रांगो तथा आवस्यक मात्रामा खसीवोका र कुखुराको मासु कारागारमै खरिद गरि ल्याएर भोजभतेर गर्नुका साथै वन्दीहरुले विजया दशमीको दिन वुधवार टिकाटालो गर्दै खुशीयालीका साथ मिठा मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै वडादशैं मनाएका हुन् ।

कारागारका अनुसार वन्दीका आफन्तहरुले कारागारमै आएर विजया दशमीको टिका तथा जमरा लगाइदिएका हुन् । विजया दशमीको दिन विहान नौ देखि वेलुकी चार वजेसम्म वन्दीका आफन्तहरुलाई कारागारमा आएर टिका लगाउन समय दिइएको थियो । सो अवधिमा वन्दीका आफन्तहरु आएर टिका लगाइदिएका हुन् ।
टिका लगाउनका लागि दुई दिनको समयावधि दिइएको जेलर कुंवरको भनाई छ । वडादशैंका लागी सरकारी तर्फवाट वन्दीहरुका लागी सरकारले दशैंखर्च जनही नगद पांचसय रुपैया उपलव्ध गराइएको थियो भने नपुग वांकी रकम वन्दीका आफन्तजन तथा शुभचिन्तकहरुले उपलव्ध गराएका थिए ।

यस वर्ष आफन्तसंग टीका ग्रहणको प्रवन्ध गराइएको र अधिकांश वन्दीले सामूहिक रुपमा एकआपसमा टीका लगाएर वडादशैं मनाएका हुन् । वन्दीहरुले कारागारमै मासुलगायतका अन्य परिकार खरिद गरि पकाएर खाएका हुन् । वन्दीहरुले सामूहिक रुपमा वडादशैं मनाउनुका साथै एकआपसमा रमाइलो गर्नेे कार्य कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहने जनाइएको छ । नुवाकोट कारागार भित्र रहेका वन्दीहरुका लागी सरकारी तर्फवाट वडादशैंको खर्चका लागि प्रति वन्दी पांचसय रुपैया प्राप्त हुंदै आएको छ ।

यसका साथै वन्दीहरुले रकम उठाएर खसीवोका, रांगो र कुखुरा खरिद गरेर सामूहिक रुपमा भोजन गरि वडादशैं मनाइएको कारागारले जनाएको छ । वडादशैका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै वडादशैं मनाउंन पाउंदा कैदी वन्दी निकै खुशी भएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ । कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुले भोजभतेर गर्नुका साथै सामूहिक रुपमा टिका लगाएका हुन् । कारागारमा सामूहिक रुपमा र परिवारजन आएर टिका लगाइदिंदा वन्दीहरु निकै खुसी भएका थिए ।

यसका साथै विदुरस्थित जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत विभिन्न प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारी र उनीहरुका वालवालिकाहरुलाईसमेत बिजया दशमीको टिकाप्रसाद र जमरा लगाएका छन् । उनीहरुलाई प्रहर।ी उपरिक्षक विपीन रेग्मीले वडादशैंको टिका तथा जमरा लगाइदिएका हुन् । उता, नुवाकोटको छिमेकी रसुवाको धुन्चेस्थित जिल्ला कारागारमा रहेका वन्दीहरुलेसमेत सामूहिक रुपमा वडादशैं पर्व मनाएका छन् । कारागारमा रहेका आठ महिलासहित ८४ जना वन्दीहरुले एकआपसमा रमाइलो गर्दै खुसीसाथ मनाएका हुन् ।

कारागारमा रहेका थुनुवा र वन्दीका आफन्तहरुलाई कारागारमा आएर टिका लगाइदिने प्रवन्ध गरिएको छ । उनीहरुलाई सरकारले वडादशैं खर्चवापत सरकारले तीनसय रुपैया उपलव्ध गराएको र त्यसमा उनीहरुले रकम थपेर एक रांगा, एउटा खसि र आवस्यक विभिन्न किसिमका मासु खरिद गरेर दशैं मनाएको जेलर कैलाश देवकोटाको भनाई छ ।













































