बाढी पीडित परिवारलाई नगद कुपन
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घर ध्वस्त भएकाहरुलाई नगद कुपन वितरण सुरु गरिएको छ । बिदुर नगरपालिकामा घर क्षति भएकाहरुले सामान खरिदका लागि कुपन पाउन थालेका हुन् । उक्त प्रलयकारी बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा ठुलो जनधनको क्षति गरेको छ ।

बाढीले ति स्थानीय तहका २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको छ ।
बढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

प्रलयकारी बाढी गएको दुई महिना वितिसक्दासमेत नुवाकोटमा उचित रुपमा पुर्नवासको कार्य हुन नसकेको पीडितहरुले गुनासो गरेका छन् । बिदुर नपाको बाढी पीडितहरुलाई चुजी फाउन्डेसनले ५० हजार रुपैयाँको सामग्री खरिद कुपन वितरण गरेको छ । उक्त संस्थाले नुवाकोटको विदुर नपाभित्रका बाढी पीडितहरुलाई वितरण गरेको ५० हजार रुपैयाँको कुपन अर्थात खरिद भौचरमार्फत बाढी प्रभावित घरपरिवारहरूले आफ्नो घरपरिवारको आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री आफैँ छनोट गरेर खरिद गर्न सक्ने बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

उनले सबै परिवारलाई एउटै प्रकारको राहत सामग्री उपलब्ध गराउनुको विकल्पमा प्रभावित परिवारलाई आफ्नै आवश्यकता र रुचिअनुसार सामान छनोट गर्ने सुविधा प्रदान गर्न उक्त कुपन दिइएको वताए । उक्त कुपन एकहजार पांचसय ७७ घर परिवारले प्राप्त गर्ने जनाइएको छ । उक्त ५० हजार रुपैयाको खरिद भौचरले भाटभटेनी सुपरमार्केटबाट आफूलाई सहज पर्ने सामान खरिद गर्न पाउने बिदुर नपाले जनाएको छ ।













































