बाढीले ध्वस्त वैंक पुर्नस्थापना

– बट्टारमा सिटिजन्सको शाखा स्थानान्तरण
लोकखबर
२०८३ कार्तिक १९, बुधबार २३:१७

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको देवीघाट वजारमा ध्वस्त पारेको एक वैंकको शाखा स्थानान्तरण गरिएको छ । बाढीले ध्गवस्त वनाएको सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको हो । बाढीबाट पूर्ण रूपमा ध्वस्त भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखा बिदुर नगरपालिका–२ बट्टारमा स्थानान्तरण गरिएको छ । झण्डै सांढे दुई महिनामा पुर्नस्थापना गरिएको वैंकको कार्यक्रमकावीच शुभारम्भ गरिएको छ ।

सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि देवीघाटमा रहेको शाखाबाट बट्टार करिब ६ किलोमिटरको दूरीमा पर्दछ । बट्टारबजारमा आयोजित कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स्थानान्तरण गरिएको बट्टार शाखाको उद्घाटन गरेका हुन् । उनले आर्थिक क्षेत्रको विकास र जनताको सम्वृद्धिका लागि वैंकले पीडाकावीच सेवाग्राहीहरुलाई लक्ष्यित गरि शाखा स्थानान्तरण, पुर्नस्थापना र सन्चालन गरेको वताए ।

पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा ध्वस्त भएपछि पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा शाखा सञ्चालनमा ल्याइएको बताए । उनले प्रतिकूल परिस्थितिमा धैर्य र लगनशीलताका साथ शाखा पुनः सञ्चालनमा ल्याउन योगदान पु¥याउने कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रलयकारी बाढीले देवीघाटस्थित बैंकको शाखा पूर्ण रूपमा बगाए पनि त्यहाँ कार्यरत कर्मचारीहरू भने भागेर सुरक्षित रहन सफल भएका थिए । बट्टारमा सञ्चालनमा आएको सुविधासम्पन्न शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

साथै, साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटसहित हाल देशका ६१ जिल्लामा दुईसय शाखा, एकसय ६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बागमती प्रदेशमा सिटिजन्स बैंकको ५६ शाखाहरु सञ्चालनमा रहेको छ ।

उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको शाखा प्रमुख ठाकुरप्रसाद धितालले जानकारी दिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । उक्त स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क परीक्षण तथा मधुमेह (सुगर) परीक्षण लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा ५० जना भन्दा वढिले सेवा लिएको बैंकका शाखा प्रमुख धितालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको