पुर्व युवराज पारस परिवारसहित वेत्रावतिमा

– महायज्ञ तथा राहत वितरणमा सहभागी
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक २०, बिहीबार २२:४३

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको वेत्रावतिमा पुर्व युवराजका सपरिवार पुगेका छन् । उनीहरुले बाढीग्रस्त स्थानको अवलोकन गरे । महायज्ञ तथा राहत वितरणमासमेत सहभागी भएका छन् । वेत्रावतिमा पुर्व युवराज पारस शाह, पुर्व युवराज्ञी हिमानी शाह, पुर्व अधिराजकुमारी पुर्णिका शाहलगायतको टोली विहीवार स्थलमार्ग हुदै वाढीग्रस्त नुवाकोटको वेत्रावति पुगेका हुन् ।

वेत्रावतिमा सन्चालन भइरहेको कोटीहोम तथा पीडितहरुको रहात वितरणमा उनीहरु सहभागी भएका हुन् । गत भदौ १० गते वुधवार आएको विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति तथा दिवङ्गत पितृहरूको मोक्षको कामना गर्ने उद्देश्यका साथ उक्त स्थानमा महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ । गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौँको आह्वानमा सञ्चालन भइरहेको महायज्ञ यहि कात्तिक २० गत शुक्रवारसम्म सञ्चालन हुनेछ ।

उत्तरगयाधाममा सञ्चालित सो पितृमोक्ष महायज्ञमा पूर्वयुवराज पारस शाह सहभागी भएका हुन् । नुवाकोट र रसुवाको सङ्गमस्थल, पवित्र तथा प्रसिद्ध धार्मिक तीर्थस्थल उत्तरगयाधाम बेत्रावतीमा सोमबारदेखि सञ्चालित पितृमोक्ष महायज्ञमा पूर्वयुवराज पारस शाहको उपस्थिति रहेको हो । शाहले उत्तरगयाधाममा पूजा–आराधना गरी धार्मिक आस्था प्रकट गरेका छन् ।

पूर्व युवराज पारश शाह तथा हिमानी शाह उत्तरगया धाम, बेत्रावतीमा पुगेर उत्तरगया धाममा पूजा–आराधना गरेका हुन् । पवित्र उत्तरगया धाम, बेत्रावतीमा पूर्व युवराज पारस शाहको उपस्थितिमा उत्तरगया धाम र त्रिशूली नदीमा पूजा–आराधना गरेका हुन् । बाढीले प्रसिद्ध वेत्रावतिमा खण्डहर वनाएको छ ।


सर्वाधिक रुचाइएको