उत्कृष्ट करदाताहरु सम्मानित

– कर सचेतना कार्यक्रम
लोकखवर आर्थिक व्युरो
२०८३ मंसिर २, मंगलवार १९:५२

बिदुर – नुवाकोट, रसुवा र धादिङ तनि जिल्ला कार्य क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय गल्छीले मंगलवार विशेष कार्यक्रमसहित १५ औ राष्ट्रिय कर दिवस मनाएको छ । उत्कृष्ट करदाताहरु सम्मानित भएका छन् । कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता भन्ने नारासहित यस वर्षको राष्ट्रिय कर दिवस मनाइएको हो ।

कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा आयकर तर्फ सवैभन्दा वढी कर तिर्ने करदाताहरु मध्य तीन वटा फर्मलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा वेनिघाट ७ रोराङको सदाज्योती सप्लार्यसका सन्चालक उज्जलकुमार थपलिया, नीलकण्ठ ३ वीचवजार धादिङका श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्था लिको संचालक समिति अध्यक्ष कविता थापा र धुनिवेशी ५ धादिङका एचएस मल्टी एग्रो प्रालिका संचालक शिवहरि आचार्य रहेका छन् । तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथी तथा गल्छी गाउंपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाहीलगातले दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वार। सम्मानित गरेका हुन् ।

कार्यक्रममा करदाता शिक्षा सम्वन्धि अन्र्तक्रियासमेत गरिएको छ । समयमै कर तिरेर सचेत र सफल करदाता हुन कार्यालयले सवै करदातालाई अनुरोध गरेको छ ।
कार्यक्रममा गल्छी गापा अध्यक्ष केदारनाथ खतिवडा, नुवाकोट उद्योग वाणिज्य संघ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका सदस्य इश्वरीप्रसाद धिताल, प्रमुख कर अधिकृत प्रेमप्रकाश शाही, कर अधिकृत तुल्सीराम फुल्देललगायतले करको महत्व र करदाताको दायित्वका सम्वन्धमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम अगाडि आन्तरिक राजस्व कार्यालय गल्छीले गल्छी, वैरेनी वजार धादिङमा प्रभात फेरी कार्यक्रम गरेको थियो । नुवाकोट, रसुवा र धादिङमा एकलाख ६ हजार करदाता रहेको कार्यालयले जनाएको छ । १५ औं राष्ट्रिय कर दिवस सप्ताहाव्यापी रुपमा विभिन्न करदाता शिक्षा, सचेतना, जागरणलगायतका कार्यक्रमहरु गरी कार्यालयको कार्यक्षेत्रका विभिन्न स्थानहरुमा संचालन गरिने जनाइएको छ ।

 

 


सर्वाधिक रुचाइएको