बाढीले पहिचान अनि स्वरुप नै फेरिदियो
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको विभिन्न स्थानको पहिचान नै फेरिदिएको छ । बाढीले पहिचान त फेरिदियो नै पीडितहरुका माझ बगर, बालुवा तथा व्यग्रता मात्रै थुपारिदिएको छ । गत भदौ १० गत वुधवार १० वजे आएको प्रलयकारी बाढीले काठमाडौंसंगै जोडिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय नुवाकोटको दृश्य नै फेरिदिएको छ । १० मिनेट आएको प्रलयले विगतमा पश्चिम १ नं. भनेर चिनिएको नुवाकोटको अधिकांश बजार तथा वस्तीको स्वरुप नै परिवर्तन गरिदिएको छ ।

पहिले मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले खण्डहर बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ । त्रिशूली, ढुंगे, वेत्रावति, देवीघाटलगायत नुवाकोटको ऐतिहासिक ति क्षेत्रहरु कुनै समय आन्तरिक तथा वाह्य पर्यटकहरुलाई निकै आकर्षित गथ्र्यो । विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने नुवाकोटका वजारहरु वितेको दुई महिनादेखि उजाड मरुभुमी जस्तै वनेको छ । बजार र वस्ती अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ ।

बिनासकारी बाढीले त्रिशूली नदीको तटमा रहेका बजारहरु उजाड वनाइदिएको छ । वेत्रावति, सोले, तुप्चे, त्रिशूली, ढुंगे, देवीघाट तथा नदीको किनारामा रहेक मानवीय बस्ती नै उजाड वनाइदिएको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले वताए । पहिले ति बजारहरुको भ्रमण गर्नुका साथै त्यहाको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत भदौ १० गतेकोे बाढीले त्यहाँको दृश्य नै फेरिदिएको छ ।

मेयर श्रेष्ठले नुवाकोटका ति बजारहरु बाढीका कारण सात दशक अगाडिको अवस्थामा फर्काइदिएको वताए । उनका अनुसार नुवाकोटका पहिचान बोकेका वजारहरुको अस्तित्व बाढीको कारण मेटिएको छ । बाढीले प्रभावितहरुको जीवनमा चोट थपेको छ भने उनीहरुको जीवन र सपना बगरमा छरिदिएको छ । नुवाकोटका विभिन्न स्थानको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी बाढीले छापिदिएपछि अहिले आफ्नै व्यवसाय पुनः कसरी सञ्चालन गर्ने चिन्तामा छन् ।

बाढीले घर, कार्यालय, व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीका कारण नुवाकोटको बिदुर र बेलकोटगढी नपा तथा किस्पाङ र तारकेश्वर गापा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले वताए ।
उक्त प्रलयकारी महाविपत्तिले नुवाकोटवासीको जीवन, जिविका अनि व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट थोपरिदिएको बिदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ। उनका अनुसार बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको छ ।

बिदुर नपा १ ढुंगेका बाढी पीडित व्यवसायी अशोककुमार कलवार ‘ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको पीडामिश्रित स्वर निकाल्दै वताउंछन । उनले अगाडि भने, हरेक वर्ष चाडपर्वको बेला नुवाकोट घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने बाढीका कारण वजार क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ ।’ विनासकारी महाविपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा तीनै तहको सरकारले समन्वय गरेर पीडितहरुको पुर्नस्थापनमा ध्यान दिनुपर्ने अर्का बाढी पीडित व्यवसायी प्रल्हाद ढकालको माग रहेको छ ।

बाढीले पु¥याएको क्षतिभन्दा पनि विपत्तिपछिे पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि आएको भए पनि दुई महिना हुंदासमेत कुनै स्थायी उपाय हुन नसकेको उनले वताए । यसले गर्दा बाढी पीडितहरुलाई थप निराश बनाएको छ । सरकारले धार्मिक, सांस्कृतिक, पर्यटकीय पहिचान तथा सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बाढी पीडित सरोकार समितिका संयोजक सुर्यवहादुर कडेल वताउंछन् ।

बिदुर नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचनाको मुल्यांकन गरि पीडितहरुका व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ । बिदुर नपाको पहलमा बिदुर नपा १ ढुंगे र त्रिशूलीवजार जोड्न बेलिव्रिज निर्माण भइरहेको मेयर राजन श्रेष्ठले वताए । बाढीका कारण सवैभन्दा वढि क्षति बिदुर नपामा भएको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको छ । उता, बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेका छन् ।














































