विदेशबाट फर्किएकालाई लक्षित गरी रोजगारी अभियान सुरु

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १४:१७

मकवानपुर । वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी रोजगारी नामक नयाँ कार्यक्रमको थालनी भएको छ ।

सरकारसँगको सहकार्यमा यूकेएडले सीप परियोजनामार्फत रोजगारीमा समस्या परेकालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको छ । ‘अब स्वदेशमै छ रोजगारी’ अभियानको अर्थमन्त्री युवराज खतिवडा र श्रममन्त्री रामेश्वर राय यादवले उद्घाटन गरे ।

रोजगारीको खोजी गरिरहेका तथा विदेशबाट फर्किएका विपन्न तथा सामाजिक वञ्चितिकरणमा रहेका समूह लक्षित सीप, रोजगारी, वित्तीय र उद्यमशीलता विकासमार्फत जिविकोपार्जनका लागि अवसर सिर्जना गर्न सरकार, रोजगारदाता र उद्योग प्रतिष्ठानबीचको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।

अभियानमा रोजगारीसहित तालिम र स्वरोजगार समेत उपलब्ध गराउने जनाइएको छ । यसका लागि रोजगारी डटकममा गएर आफ्नो क्षमताअनुसारको काम खोज्न सकिनेछ ।बाह्रखी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*