घुस लिएको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पक्राउ

लोकखबर
२० श्रावण २०७७, मंगलवार १६:०१

मकवानपुर ।राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जएको छ । घुस दिएको आरोपमा एक व्यापारी समेत पक्राउ परेका छन् ।

रुपन्देहीका गुटखा उद्योगी तथा चिनी व्यवसायी अनिलकुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवासमा रहेको राजस्व अनुसन्धान कार्यालयमा गुटखा व्यापारीसँग मासिक घुस रकम बापत रकम लिँदै गरेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको आयोगका बुटवल प्रमुख डा. भीष्म भुसालले बताए ।

भुसालका अनुसार विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*