पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु, १३३ जनामा संक्रमण पुष्टि

लोकखबर
२१ श्रावण २०७७, बुधबार १५:३२

मकवानपुर । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

डा.सिंहका अनुसार ती पुरुषमा हिजो (मंगलबार) कोरोना पुष्टि आज बिहान ६ बजे वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा मृत्यु भएको हो । मृतक मधुमेह र मुटुरोगीसमेत भएको डा.सिंहले जानकारी दिए ।

‘वीरगंज हेल्थ केयरमा हिजो राती ८ बजे भर्ना हुनुभएका एक जना ४५ वर्षका पुरुषको आज बिहान मृत्यु भयो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँ मधुमेह र मुटुरोगी पनि हुनुहुन्थ्यो ।

१३३ जना नयाँ संक्रमित

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जना कोरोना संक्रमित थपिएका छन् ।

डा.सिंहका अनुसार वीरगञ्जमा समुदायस्तरमा भइरहेको परीक्षण तथा कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरी भएको परीक्षणमा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्।

‘नारायाणी अस्पतालको प्रयोगशालामा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्,’ डा सिंहले भने, ‘उहाँहरु कोही समुदायस्तरको परीक्षणबाट त कोही कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएका व्यक्तिहरु हुनुहुन्छ ।’

नयाँ थपिएका १३३ जना संक्रमितमध्ये एकजना चिकित्सक, १६ जना कारागारका कैदीबन्दीसमेत रहेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*