विराटनगरका एक पत्रकारलाई कोरोना संक्रमण

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार १४:५०

मकवानपुर । विराटनगरका एक पत्रकारमा कोभिड १९ पोजेटिभ रिपोर्ट आएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले दिएको जानकारीअनुसार संक्रमित पत्रकारले महासंघद्वारा गराइएको कोरोना बिमाको रकम भुक्तानीका लागि निवेदनसमेत दिएका छन् ।

अध्यक्ष पोखरेलले महासंघले अजोड इन्स्योरेन्ससँग सम्झौता गरी कोरोना बिमा गराएको जानकारी दिंदै भने, “महासंघले पहल लिएर मोरङ जिल्लाभरका दुई सयभन्दा धेरै पत्रकार र परिवारको कोरोना बिमा गराएका छौं । विराटनगरकै एकजना साथीले बिमा भुक्तानी दाबी गर्दै निवेदन दिनुभएको छ ।”

संक्रमण पुष्टि भएका पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । महासंघका सदस्य उनी विराटनगरमा साप्ताहिक पत्रिका प्रकाशन गर्छन् । कोरोनाबापत बिमाको भुक्तानी दाबी पीसीआर पोजेटिभ रिपोर्ट, निवेदन, नागरिकताको फोटोकपी र महासंघको सिफारिसपत्र चाहिने बताए । यो बिमा एक लाख रुपैयाँको हो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*