कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार १५:५५

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो। परीक्षणाका क्रममा प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*