सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो, चाँदी बढ्यो

मकवानपुर ।नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ हुनु सामान्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ घटेको छ । यस्तै चाँदीको भाउ भने सामान्य बढेको छ ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । अघिल्लो दिन अर्थात् शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको भाउ नौ सय रुपैयाँ प्रतितोलाले घटेको हो ।
महासंघका अनुसार आज तेजाबी सुनमा पनि प्रतितोला नौ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात शुक्रबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।
तर, चाँदीको भाउ भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ आइतबार ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ एक हजार चार सय १० रुपैयाँ कायम छ । अघिल्लो दिन अर्थात् शुक्रबार भने चाँदीको भाउ १४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने प्रतितोला ५० रुपैयाँले बढ्दै चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम भएको थियो ।
बिहीबारको तुलनामा चाँदीको भाउ शुक्रबार प्रतितोला ६० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।
बाह्रखरी डटकमबाट