पोखरा वडा २७ का राजस्व शाखाका कर्मचारीमा कोरोना, कार्यालय ३० गतेसम्म बन्द

लोकखबर
२६ श्रावण २०७७, सोमबार १३:४९

मकवानपुर । पोखरा महानगरपालिका २७ का कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा कार्यालयमा राजस्व र मालपोतको काम गर्ने ती कर्मचारीमा संक्रमण भेटिएको महानगर स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । सोमबार संक्रमण पुष्टि भएसँगै वडा कार्यालय ३० गतेसम्मलाई बन्द गरिने भएको छ । वडाध्यक्ष पूर्णकुमार गुरुङले महानगरबाट ३० गतेसम्म सेवा बन्द गर्न परिपत्र आएको बताए ।

वडाध्यक्ष गुरुङसहित संक्रमित कर्मचारी र थप एकजनाले शनिबार स्वाब दिएका थिए । तीमध्ये दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

स्वास्थ्य शाखा प्रमुख शर्माले कन्ट्याक्ट् ट्रेसिङ थालिएको जानकारी दिए । कास्कीसहित गण्डकीमा आजमात्र २४ संक्रमित थपिएका छन् भने संक्रमितको संख्या १६२० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*