काठमाडौं जिल्ला अदालतमा कोरोना प्रभाव, यी मुद्दामा मात्र हुनेछ सुनुवाइ

लोकखबर
२६ श्रावण २०७७, सोमबार १४:४३

मकवानपुर । नियमित काममा फर्किएको काठमाडौं जिल्ला अदालतले पुनः विशेष प्रकारका मुद्दा मात्र सुनुवाइ गर्ने भएको छ ।

सोमबारबाट दैनिक २५ थान मुद्दा मात्र फिराद दर्ता गर्ने र सो को व्यवस्थापन मूल गेटबाटै टोकन वितरण गरि भएको छ ।

कोरोनाको संक्रमण बढेपछि सोमबारबाट काठमाडौं जिल्ला अदालतले विशेष प्रकारका मुद्दामा मात्र सुनुवाइ गर्ने जनाएको हो । काठमाडौं जिल्ला अदालत साउन ८ गतेबाट नियमित काममा फर्किएको थियो । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवा प्रवाहमा आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै सेवा घटाउन लागेको हो ।

आइतबार बसेको जिल्ला अदालतको पूर्ण बैठकले उच्च अदालत पाटनसँगको सहमतिमा सोमबारबाट सेवा घटाउन लागेको हो । जिल्ला अदालतका अनुसार बालगृहमा रहेका बालबालिकाको जिम्मा लिनेसम्बनिध निवेदन,पक्राउ पूर्जी अनुमति, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थनसम्बन्धि कार्यहरु भने हुनेछन् ।

त्यस्तै,अभियोगपत्र दर्ता, अभियुक्तसँगको बयान, थुनछेक आदेश, न्याय सम्पादन र सुनुवाईमा अधिक समय नलाग्ने प्रक्रियागत कार्यको रुपमा रहेको मिलापत्र,मुद्दा फिर्ता , अर्धन्यायीक निकायले गरेको सुनुवाई उपरको निवृदनको सुनुवाई पनि गरिने अदालतले जनाएको छ ।

त्यस्तै, दैनिक २५ थान मुद्दा मात्र फिराद दर्ता गर्ने र सो को व्यवस्थापन मूल गेटबाटै टोकन वितरण गरि हुने भएको छ । त्यस्तै, दैनिक ५ वटा मात्र सम्बन्धविच्छेदसम्बन्धि मुद्दा दर्ता गरिने अदालतले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*