सुनको मूल्य घटेर तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ, चाँदीको मूल्यमा नयाँ कीर्तिमान

लोकखबर
२७ श्रावण २०७७, मंगलवार ११:५५

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । सुन सोमबारभन्दा ८ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन सोमबार एक लाख एक हजार ६ सयमा किनबेच भइरहेको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँ कायम भएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ । आइतबार तोलाको ९ सयले घटेको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले ओर्लिएको थियो ।

चाँदीको मूल्यले भने मंगलबार पुनस् कीर्तिमान कायम गरेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको हो । चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*