विराटनगरमा एउटै सञ्‍चारमाध्यमका पाँच पत्रकारलाई कोरोना

लोकखबर
२७ श्रावण २०७७, मंगलवार १३:४२

मकवानपुर ।विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ ।

योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् ।

सम्पादक भण्डारीले पीसीआर रिर्पोट आउन प्रदेश सरकारको ल्याबबाट निकै ढिला भएको गुनासो गरेका छन् ।

पत्रकार र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पत्रिकाको प्रकाशन बन्द भएको छ । तर, अनलाइन भने जारी नै छ । संक्रमण भएका पत्रकार आइसोलेसनमा छन् ।

उनीहरुले सामाजिक सञ्‍जालमा स्टाटस लेख्‍दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*