ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष पार्वती रानाले भनिन्,‘भीमफेदीलाई कृषिको हब बनाउने लक्ष्य छ’ ।

लोकखबर
२८ श्रावण २०७७, बुधबार २०:१३

मकवानपुर । राष्ट्रिय कृषक समूह महासंघले मकवानपुरको भीमफेदी गाउँपालिकामा ज्ञापनपत्र बुझाउदै कृषकलाई रासायनिक मल उपलब्ध गराउँन माग गरेको छ ।

महासंघले गाउँपालिका उपाध्यक्ष पार्वती रानालाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकामा कृषिमा आइपर्ने समस्या सम्बोधनका लागि आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै पालिकाकी उपाध्यक्ष रानाले भिमफेदी गाउँपालिकालाई कृषिको हब बनाउने लक्ष्य रहेको र यसै बर्षको बजेटमा कुल बजेटको तीन करोड रकम कृषि र पशुका लागि छुट्याइएको बताइन् । रासायनिक मलको समस्या गत आर्थिक वर्षमा झेल्नु परेकोले चालु आर्थिक वर्ष ०७७/०७८ का लागि पालिकाले किसान परिचय पत्र तयार गरेर निशुल्क वितरण गर्ने नीति कार्यक्रम रहेको बताइन् । उनले यसका लागि छुट्टै बजेट व्यवस्थापन गरिएकाले समस्या समाधान हुने आश्वासन दिइन् । उपाध्यक्ष रानाले कृषिको क्षेत्रमा अर्गानिक पकेट एरियाको रुपमा भीमफेदी ७ कोगटेलाई अगाडी बढाउने र कोगटेमा रोप्दै नरोपी फल्ने अर्गानिक आलुको संरक्षण गर्ने जानकारी दिइन् ।

राष्ट्रिय कृषक माहासंघको देशव्यापी अभियान अन्तरगत बुधबार (आज) भीमफेदीमा पनि ज्ञापनपत्र बुझाएको गाउँपालिका स्तरिय कृषक महासंघका सदस्य दीपक पुडासैनीले बताए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख कपिलमणि शर्मा, लेखा अधिकृत करुणा रिसाल, कृषि प्राविधिक सौगात गौतम, मनोज तितुङ, कृषि महासंघका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*