आज राती १२ बजेबाट भीमफेदीमा निषेधाज्ञा

लोकखबर
४ भाद्र २०७७, बिहीबार २२:२२

मकवानपुर । आज राती १२ बजेदेखि आगामी ९ गते राती १२ बजेसम्म मकवानपुरको भीमफेदी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड १९ को संक्रमणको दर दिनानुदिन बढ्र्द गएको र समुदायस्तरमा नै संक्रमण विस्तार हुनसक्ने् जोखिम देखिएकाले कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि भीमफेदी गाउँपालिका क्षेत्रमा निषेध आज्ञा जारी गर्नुपर्ने आवश्यक रहेको भनी भीमफेदी गाउँपालिका कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको आजको बैठकले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति प्रदान गरेको छ ।

आज प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले निषेधाज्ञा जारी गर्दै औषधी उपचार तथा खाद्यबस्तु खरिदका लागि बाहेक गाउँपालिकाका कुनै पनि व्यक्तिलाई घर बाहिर ननिसक्न आग्रह गरेका छन् ।

निषेधाज्ञामा एम्बुलेन्स, दुग्ध गाडी, तरकारी, संचारकर्मी, जिल्ला प्रशाशन कार्यालयबाट प्राप्त पास बाहेक अन्य सवारी साधन संचालन गर्न नपाइने उल्लेख छ । यस्तै, अत्यावश्यक खाद्य बस्तुका लागि विहान ५ देखि ९ बसम्मको समय छुट्याइएको जनाइएको छ ।
स्वास्थ्य संस्थाको अति आवश्यक सेवा बाहेकका सबै सरकारी तथा निजी कार्यालयहरु बैंक तथा वित्तिय संस्थाहरु, सहकारबिाट प्रदान गरिने जन सम्पर्क हुने नियमित सेवा प्रदान गर्न बन्द गरिएको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक, विवाह, ब्रतबन्ध लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुन रोक लगाइएको छ भने पालिकाभित्र अत्यावश्यक बाहेक पैदल हिड्न समेत नपाइने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*