भीमफेदीमा बीस वेडको आइसोलेसन वार्ड संचालन

रामकुमार दानी
१३ भाद्र २०७७, शनिबार २१:०९

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) को माहामारी दिनानुदिन बढ्दै जान थालेपछि मकवानपुरको भीमफेदी गाउपालिकाले पनि गाउपालिकाको भीमफेदी बजारस्थित महेन्द्र माविमा २० बेडको आइसोलेसन वार्ड सन्चालनलमा ल्याएको छ ।

पछिल्लो समय गाउपालिकाको कोरोना प्रभावित क्षेत्रमा गापालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना आफै दक्ष स्वस्थकर्मीसहित गाउँ–गाउमा पुगेर स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशालामा पठाएर जनताको मन जित्न सफल बनेको गाउपालिकाले आज २० बेडको आइसोलेसन सन्चालनमा ल्याउँदा स्थानीय अझै खुसी बनेका छन् ।

नेपालमा कोरोना भित्रिएपछि चनाखो र सजग भएर प्रभावकारी ढंगबाट आगाडी बढेको भीमफेदी गाउपालिकाले कोरोना भाइरस (कोभिड १९) को सुरुवाती चरण देखिनै क्वारेन्टिन सन्चालनमा ल्याएको थियो । ‘पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछिी बागमती प्रदेसको राजधानी हेटौंडामा समेत आइसोलेसन्को समस्या देखिन थालेपछि हामिले गाउपालिकामै आइसोलेसन सन्चालमा ल्याएका हौं ।’ गाउपालिकाको अध्यक्ष हिदम लामाले भने ।

हालसम्म भीमफेदी गाउपालिकामा १५ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसैले पनि गाउपालिकाको भीमफेदी बजारमा रहेको महेन्द्र माविमा २० बेडको आइसोलेसन सन्चालनमा ल्याइएको अध्यक्ष लामाले जानकारी दिए । भाइरसको सुरुवाती चरण देखिनै सन्चालनमा ल्याइएको क्वारेन्टिनलाइ सोही ठाउँ नजिकै रहेको भीम आधार कम्युनिटी स्कुलमा सारी सन्चालनमा ल्याइएको अध्यक्ष लामाले बताए ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*