प्रतितोलामा तीन सय रुपैयाँ घट्यो सुन, यस्तो छ आजको बजार मूल्य

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १२:३४

मकवानपुर । साताको अन्तिम दिन आज नेपालमा सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो ।

बिहीवार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ ।

चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*