काभ्रे, पर्सा र बैतडीमा तीनजना मृत फेला

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १३:४५

मकवानपुर । काभ्रे, पर्सा र बैतडीमा तीनजना मृत फेला परेका छन् । काभ्रेपलाञ्‍चोक, बेथानचोक गाउँपालिका ३ भूमिथुम्का बस्‍ने ५६ वर्षीय डोल प्रसाद तिमिल्सिना सोही ठाउँस्थित आफ्नै बारीमा मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, जिराभवानी गाउँपालिका ३ जितपुरस्थित क्रितनिया पोखरीमा जिराभवानी गाउँपालिका ३ नयका टोल बस्ने २२ वर्षीय गौरी शंकर देवान मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, डिलासैनी गाउँपालिका ३ छेपट्टा बजार नजिक चौलानी नदीमा दार्चुला मार्मा गाउँपालिका ३ बस्ने ३० वर्षीय रमेश बिष्ट मृत अवस्थामा फेला परेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *