चितवनका वृद्धाको मृत्युपछि कोरोना पुष्टि

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १४:३०

मकवानपुर । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*