त्रिवि शिक्षण अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

लोकखबर
२८ भाद्र २०७७, आईतवार १५:०५

मकवानपुर । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चारजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने काठमाडौंका तीन जना ५९, ६४, ७० वर्षीय पुरुष र ५९ वर्षीय सिन्धुपाल्चोकका एकजना पुरुष रहेका अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका तीनजनामा मधुमेह, मिर्गौलालगायत विभिन्‍न दीर्घरोग रहेको र एकजना कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्मको अवधिमा चारजनाको मृत्यु भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*