सीआईबीमा डीएसपीसहित २६ जनालाई कोरोना संक्रमण

लोकखबर
३० भाद्र २०७७, मंगलवार १३:५८

मकवानपुर । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय महाराजगन्‍ज कार्यरतमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितका एकजना डीएसपी पनि छन् । सीआईबीका एक अधिकारीका अनुसार संक्रमण देखिएपछि बाहिरी भेटघाटमा रोक लगाइएको छ ।

सीआईबी अपराध अनुसन्धान गर्ने प्रहरीको महत्त्वपूर्ण युनिट हो । २६ जनामा संक्रमण देखिएपछि अरुको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन थालिएको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित प्रहरीको संख्या बढ्दो छ ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*