सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

लोकखबर
३० भाद्र २०७७, मंगलवार १४:१५

मकवानपुर ।सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र पौडेल सम्मानित भएका छन् । सहारा क्लब पोखराको २२औं वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको हो । नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्र तथा दोसल्लाद्वारा उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्मान गरेका छन् ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पुर्‍याउने र विशेषगरी खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले आफ्नो स्थापना दिवसका अवसरमा विगत १५ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*