चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

लोकखबर
५ आश्विन २०७७, सोमबार १५:३६

मकवानपुर । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।

 

बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए ।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए ।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो ।

नेपालका श्रीमती र एक छोरा छन् । उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*