सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि
मकवानपुर । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका छन् ।
सांसद श्रेष्ठले शनिबार गरिएको स्वाब परीक्षणको नतिजा आज पाएको र नतिजामा संक्रमण देखिएको समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले परीक्षण नतिजामा कोरोना भाइरसको संक्रमण देखिएसँगै होम आइसोलेसनमा बसेको बताएका छन् ।
“शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,” सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन् । बाह्रखरी डटकमबाट