पोखरामा २० घण्टाका नवजात शिशुमा कोरोना संक्रमण
मकवानपुर ।पोखरामा नवजात शिशुमा कोरोना भइरसको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २० घण्टाको नवजात शिशुमा कोरोना पोजिटिभ देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवजात शिशुसहित थप ३ जनामा संक्रमण देखिएको हो। २० घण्टाका नवजात शिशुको प्रतिष्ठानको एनआइसियुमा भर्ना गरेर उपचार भइरहेको छ।
अन्य २ संक्रमितलाई व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्यखबर डटकमबाट