उपत्यकामा कोरोना संक्रमितको संख्या २७ हजार ९१८ पुग्यो

मकवानपुर ।कोरोनाका कुल संक्रिय संक्रमितमध्ये ५७.५३ प्रतिशत संक्रमित उपत्यका (काठमाडौं ,भक्तपुर र ललितपुर)मा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले जनाएको छ । महाशाखाको तथ्यांकअनुसार देशैभर कोरोना संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ ।
उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या भने १२ हजार २५४ पुगेको छ । जसमा काठमाडौंमा नौ हजार ८९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार २९० संक्रमित अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेकफ महाशाखाले जनाएको छ । देशैभर कोरोनाका संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या २७ हजार ९१८ पुगेको छ । काठमाडौंमा २२ हजार ६७३ जना, भक्तपुरमा दुई हजार ४४९ जना र ललितपुरमा दुई हजार ७९६ जनामा कोरोना संक्रमण देखिएको महाशखाको तथ्यांकले देखाएको छ । देशैभर कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशैभर ५२८ पुगेको छ । बाह्रखरी डटकमबाट