आश्रित केन्द्र र आश्रितहरु घट्दै
बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा विभिन्न स्थानमा राखिएका आश्रित केन्द्रमा आश्रय लिने प्रभावितहरु दैनिक रुपमा घटिरहेका छन् । एकैदिन दुई सय भन्दा वढि आश्रित घटेका छन् । बाढीपछि विस्थापित भएर पीडितहरुका लागि नुवाकोटको विभिन्न स्थानमा कायम गरिएका १३ वटा आश्रित केन्द्रमा असोज १ गते आठसय ३२ जना आश्रित रहेका थिए । तर, एकदिन नवित्दै असोज २ गते दुईसय २१ जना घटेर ६ सय ११ मा सिमित भएका छन् ।

भदौ ३१ गतेसम्म एकहजार एकसय ८५ जना आश्रित केन्द्रमा रहेका थिए । पहिले अर्थात् सुरुको समयमा तीन साता अगाडि एकहजार दुईसय ३६ जनासमेत आश्रित रहेका थिए । पहिले २६ वटासम्म आश्रित केन्द्र रहेको र हाल आश्रित केन्द्र १३ वटामा सिमित भएको छ । हाल वसोवास गरिरहेका ६ सय ११ मध्ये तीनसय दुई जना महिला रहेका छन् ।

हाल अधिकांश आश्रित केन्द्र र आश्रितको स.ख्या दैनिक रुपमा घटिरहेका छन् । नुवाकोटका आश्रित केन्द्रमा नुवाकोट र रसुवाका बाढी पीडितहरु आश्रय लिएर वसिरहेका थिए । हाल सवैभन्दा वढि एकसय ६७ जना बट्टार कभर्ड र सवैभन्दा कम महादेव क्याम्पस रातमाटेमा आठ जना आश्रित वसोवास गरिरहेका छन् । ९४ जना सुलक्षणा मावि, ८२ जना चण्डी आधारभुत विद्यालय मैरीटार र ७० जना बिदुर ७ तुप्चेमा कायम गरिएको केन्द्रमा वसोवास गरिरहेका छन् ।

आश्रित केन्द्रमा रहेका कतिपय वाढी प्रभावितहरुले शहरी क्षेत्रका साथै काठमाडौलगायतका स्थानमा कोठा खोजेर वसेको, कतिपय आश्रित केन्द्रमा विद्यालय सन्चालन भएको र कतिपय प्रभावितहरु आफन्त, नातेदार तथा छिमेकीकोमा गएर वसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । सरकारले राहत तथा उद्धारपछि यातायातमार्ग सन्चालन तथा पुर्नस्थापनाको कार्य गर्न लागेको छ । पहिले कायम गरिएकामा १३ वटा आश्रित केन्द्रमा बाढी पीडितहरु अन्यत्र सरिसकेका छन् । कतिपयले आश्रय केन्द्र अन्यत्रै खोजेका कारण आश्रित केन्द्रहरु खालि हुदै गएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

बिदुरस्थित किरियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र खाली भएको छ । त्यहां नुवाकोटको वेत्रावतिस्थित सातविसे र रसुवाको खाल्टेका ३७ घरपरिवारका सदस्य वसिरहेकोमा उनीहरु अन्यत्रै सरेको स्वंसेवक रमेश श्रेष्ठले वताए । उनीहरुले पिपलटारमा तीन रोपनी जग्गा फेला पारेकाले दुई वर्षका लागि उतै वस्न गएको जनाएका छन् । उनीहरु नया. स्थानमा सहयोगी संस्थाले दिएको टेण्ट तथा त्रिपाल हालेर वस्न थालेका छन् ।

एकैस्थानमा सांघुरिएर वस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला प¥यो, सामूहिक निर्णय गरेर सरेका हौं–बाढी पीडित कोपिला लामातामाङले भनिन् । एकै ठाउंमा वस्दा रोगव्याधीको पनि समस्या हुने त्रास भयो, अरुले जग्गा फेला पारेर टेण्टमा वस्ने गरेको निर्णयमा आफुलेपनि सहमति जनाएको अर्का पीडित कान्छीमाया तामाङ वताउंछिन् । बिदुर नगरपालिका ५ पिपलटार लामिवगैचा चन्द्रज्योती माविमा वसेका देवीघाटका ४० घरपरिवार नजिकैको चौरमा टेण्ट हालेर वसेका छन् । कतिपयले माथि पिलटारफांट, कसैले माझिटार, बट्टार तथा काठमाडौंमासमेत कोठा लिएर उतै सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरु वताउंछन् ।














































