उपसभामुख ठाकुर वाढीग्रस्त नुवाकोटमा
बिदुर – उपसभामुख रुवीकुमारी ठाकुरले त्रिशूली नदीमा आएको विनासकारी बाढीले क्षति गरेको नुवाकोटको विभिन्न स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेकी छन् । ठाकुरले बाढीग्रस्त विभिन्न स्थानको स्थलगत अवलोकन निरीक्षण गर्दै क्षतिको अवस्था तथा पुर्ननिर्माणको समवन्धमा चासो लिएकी हुन् । उपसभामुख ठाकुरले लेन्देखोला हुदै भोटेकोशीवाट त्रिशूली नदीमा आएको बाढीले गरेको क्षति र समस्याबारे विदुर नगरपालिकालगायतका स्थानमा भएको जानकारी लिएकी लिएका हुन् । उनले बाढीग्रस्त नुवाकोटको विभिन स्थानमा पुग्नुका साथै सरोकारवाला निकायसंग अन्र्तक्रियासमेत गरेकी हुन् ।

उनले बाढी प्रभावितहरुको सुरक्षित आवासको प्रक्रियाका लागि आफुले सरकारलाई जाकनार िगराउने वताइन् । उपसभामुख ठाकुरले पीडितहरुको लागि पुल तथा आवागमनको विषय पनि आफुले पहल गर्ने प्रतिवद्धता जनाइन् । वाढीले नेपालको प्रभावित क्षेत्रको नुवाकोटको विकासको संरचनालाई ५० वर्षपछाडि धकेलिदिएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न तीन सातापछि नुवाकोट आइपुगेकी उपसभामुख ठाकुरले सरोकारवालावीचको विशेष अन्र्तक्रियामासमेत सहभागी भएकी छन् ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षति, खोज तथा उद्धार, राहत वितरण एवं पुनःउत्थानका सवालमा भइरहेका गतिविधिको जानकारी लिन प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुर जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी भएकी छन् । उपसभामुख ठाकुरले बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै राहत, पुनःस्थापना तथा पुनःउत्थानका विषयमा सम्बन्धित पक्षसँग छलफल गरेकी हुन् । उनले विदुर नगरपालिका–१ स्थित इन्द्रायणीचौरमा राखिएको तुइनको अवलोकन गरी उक्त स्थानमा पुल निर्माणका सम्बन्धमा पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूसँग आवश्यक जानकारी लिएकी छन् ।

बाढीपछिको अवस्था बुझ्न नुवाकोट आएकी उपसभामुख ठाकुरले सर्वपक्षीय बैठकमा सहभागी हुनुका साथै बाढी प्रभावित क्षेत्रको अवलोकन र होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितहरूसँग भेट गरी अन्र्तक्रियासमेत गरेकी हुन् । उनले बाढीले नुवाकोटमा पारेको क्षति, उत्पन्न समस्या तथा तत्काल आवश्यक पहलका विषयमा विस्तृत जानकारी लिएकी हुन् । अकल्पनीय बाढीबाट नुवाकोटको विभिन्न स्थानमा भएको क्षति तथा प्रभावित नागरिकका समस्याबारे विशेष वैठक सम्पन्न भएको छ ।

वैठकमा पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, राहत तथा प्रभावित नागरिकका तत्कालीन आवश्यकताका विषयमा छलफल गर्दै संघ, प्रदेश, स्थानीय तह तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा जोड दिइएको छ । कार्यक्रममा उपसभामुख रुवीकुमारी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत प्रभावित स्थानका जनप्रतिनिधि तथा सरोकारवालाहरूको पुर्नस्थापना तथा पुर्ननिर्माणका विषयमा चर्चा गरेका थिए । बाढीले प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको जनाएको छ ।

उपसभामुख ठाकुरको प्रमुख आतिथ्यतामा बाढीबाट विभिन्न स्थानमा पुगेको क्षति, प्रभावित नागरिकका समस्या तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा विशेष छलफल भएको हो । बाढी प्रभावित नागरिकको समस्या समाधानसँगै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
























































