सुनचाँदी सामान्य बढ्यो, आजको भाउ कति ?

मकवानपुर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) का लागि छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९४ हजार ३ सय थियो । तोलामा सुन दुई सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी सुनको भाउ पनि ९४ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार तोलाको ९३ हजार ८ सय थियो ।
चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साता भने सुनको भाउ झरेर ९३ हजार एक सय रुपैयाँमा आइपुगेको थियो । बाह्रखरी डटकमबाट