दमक नगरपालिकाका मेयर ओलीलाई कोरोना भाइरसको संक्रमण

लोकखबर
२० आश्विन २०७७, मंगलवार ११:४१

मकवानपुर । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीसमेत संक्रमित भएका छन् ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका सेवा आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*