बलात्कारको घटना गुपचुप पारेको आरोपमा ६ पक्राउ

लोकखबर
२० आश्विन २०७७, मंगलवार १२:१०

मकवानपुर । बझाङमा साउन २६ गते भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन्।

बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा संलग्न भनिएको यो घटना गाउँमै गुपचुप पारिएको थियो।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए।

सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*