रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु

लोकखबर
६ कार्तिक २०७७, बिहीबार ११:३९

मकवानपुर । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पाणिनिका पुरुष असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी तिलोत्तमाका वृद्धको कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । उनको बुधबार राति नै मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको अस्पतालमा आइसीयूमा उपचार भइरहेको थियो ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*