महाअष्टमी पर्व मनाइँदै

मकवानपुर । नेपाली हिन्दुहरुको महान पर्व बडादशैंको आठौं दिन आज (शनिबार) महाअष्टमी पर्व मनाईँदै छ । महाअष्टमीमा दुर्गाभवानीको विशेष पूजा अर्चना गरिन्छ ।
आजका दिन दशैँघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष गर्ने गरिएको हो । नेपाल पन्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आजैका दिन राति कालरात्रि मनाइन्छ ।
मकवानपुर लगायत देशका विभिन्न शक्तिपीठमा पुजाआजाका लागि भक्तजनहरुको उल्लेख्य सहभागिता रहँदै आएकोमा यो पटक कोरोनाका कारण विधि पुजामात्रै हुँदैछन् ।
आजका दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन रहेको छ ।