कांग्रेसका ६ केन्द्रीय सदस्यसहित आठजनामा कोरोना संक्रमण पुष्टि

लोकखबर
२१ कार्तिक २०७७, शुक्रबार १३:०५

मकवानपुर । नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन । यसअघि गत मंसिर १९ गतेका लागि बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आजका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार केन्द्रीय सदस्य, उनीहरुका अंगरक्षक र चालकसँगै केन्द्रीय कार्यालयका कर्मचारीसहित ८२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यद्यपि, आज बस्‍ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । बैठकका एजेन्डा तय गर्न बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पछि धकेलेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*