कोरोना संक्रमणपछि आईसीयूमा उपचारार्थ कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

लोकखबर
२१ कार्तिक २०७७, शुक्रबार १३:१२

मकवानपुर । कोरोना संक्रमणका कारण श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि चर्चित हास्यकलाकार मनोज गजुरेललाई आईसीयूमा राखेर उपचार गरिँदै छ ।

उनलाई बुधबार दिउँसो आईसीयूमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सिस्‍नुपानी नेपालका महासचिव टंकराज आर्चायले बाह्रखरीलाई जानकारी दिए । “अस्तिको दिउँसो उहाँलाई आईसीयूमा सिफ्ट गरिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । सम्भवत केही दिनमै उहाँ आईसीयूबाट बाहिर निस्कनुहुन्छ,” उनले भने ।

कात्तिक १० गते सोमबार कोरोना संक्रमण पुष्टि भएका गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । आफ्ना दाजुलाई उपचारका लागि अस्पताल ल्याउने लैजाने क्रममा मनोजमा संक्रमण भएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*