पहिलो दिन देशभरमा ९ हजार ८४, मकवानपुरमा ११३ जनाले लगाए खोप

लोकखबर
१५ माघ २०७७, बिहीबार ०६:०९

मकवानपुर । बुधबारबाट नेपालमा सुरु भएको कोभिड-१९ को विरुद्दको खोप अभियान सुभारम्भका दिन देशभरका नौ हजार जनाले खोप लगाएका छन् भने मकवानपुरका १ सय १३ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले सहयोग गरेको ‘कोभिशिल्ड’ नामक खोप बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपको अभियान सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गरेका हुन् । बुधबार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।

बागमती प्रदेशको मकवानपुरमा ११३ जनालाई कोरोना विरुद्दको खोप लगाइएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइँदैछ । अभियानको पहिलो चरण अन्तर्गत मकवानपुरमा २ हजार २ सय ८९ जनालाई कोरोना भ्याक्सिन उपलब्ध गराइने तयारी छ । बागमती प्रदेशमा ७६ हजार भाइल खोप प्राप्त भएको र ६४ हजार स्वास्थ्यकर्मीको तथ्यांक संकलन भएको जनाइएको छ ।

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको हो । प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क खोप लगाइने बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*