प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे( बन्दी रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ

मकवानपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै भेटेर आफ्ना नेतारकार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ भन्दै जिज्ञासा राखेका छन्।
सोमबार दिउँसो १२ बजेतिर विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डु पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। ‘हामीले वार्ता गरेको दुई हप्ताभन्दा धेरै भइसक्यो। हाम्रा नेतारकार्यकर्ता रिहा भएका छैनन्। मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु भएन’ विप्लवको भनाइ उदृढ गर्दै केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले भने, ‘वार्तामा भएको सहमति किन पालना भएनरु के कारणले ढिलाइ भइरहेको छ
वाफमा प्रधानमन्त्री ओलीले बन्दी रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केहीदिन पर्खिन आग्रह गरेको चलाउनेले बताए। ओली र विप्लववीच झण्डै एक घण्टा बन्दी रिहा, मुद्दा फिर्तासहित अन्य राजनीतिक विषयमा छलफल भएको बताएको छ।
सरकार र विप्लव पक्षबीच फागुन २० गते सम्झौता भएको थियो। अहिले पनि विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित पाँच केन्द्रीय सदस्य जेलमै छन्।
सबैगरी १ सय ४३ जना नेतारकार्यकर्ता जेलमा रहेको बताइएको छ। ओलीसहित केन्द्रीय सदस्यमा माईला लामा, चुडामणि ओली, भरत बम र चन्द्रबहादुर चन्द विभिन्न जिल्लाका कारागारमा छन् । नेपाललाइभ खबर डटकमबाट