सर्वोच्चको फैसलाबारे प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ

लोकखबर
२०७८ असार २२, मंगलवार १२:४९

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन्
पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरे । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुनस्स्थापना हुने र देउवा प्रधानमन्त्री बन्नेमा विश्वस्त रहेको बताए ।
प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओली जनताको नजरमा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसक्यो ।’
यसअघि मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको पूर्वसन्ध्यामा पनि प्रचण्डले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको