बनेपाबाट ७ लाख नगद सहित ११ जना जुवाडे पक्राउ
मकवानपुर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले रातोपाटीलाई बताए
स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेका बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खालबाट प्रहरीले १४ बुक तास बरामद गरेको छ । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटी डटकमबाट












































