देउवा सरकारमा लोसपा सामेल हुन सक्ने, भण्डारी भन्छन्– सरकारमा जान सक्छौँ’

लोकखबर
१५ भाद्र २०७८, मंगलवार १३:४७

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने सम्भावना देखिएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिएको लोसपा पनि सरकारमा जाने सम्भावना देखिएको हो ।

प्रधानमन्त्री देउवा तथा लोसपाका नेताहरुबीच सरकारमा जानेबारेमा प्रारम्भिक छलफल भएको लोसपाका नेता शरदसिंह भण्डारीले बताए ।

‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले लोसपा पनि स्वतः सत्तारुढ दल भएको छ, सत्तारुढ दल भएपछि लोसपा पनि सरकारमा जाने सम्भावना छ’, भण्डारीले न्युज कारखानासँग भने, ‘प्रारम्भिक छलफल भएका छन् । तर, कुरो टुंगोमा पुगिसकेको छैन ।’ उनकाअनुसार पार्टीका शीर्ष नेताहरुबीच छलफल र संवाद भइरहेका छन ।

‘मधेसका मुद्दाकाबारेमा सरकार र लोसपाबीचमा एक किसिमको सम्झौता भएर कार्यान्वयनमा पनि गर्ईसकेको छ, अब अर्को कुनै सम्झौता गर्न जरुरी छैन्,’ भण्डारीले भने, ‘त्यसैले सत्तारुढदल सरकारमा जान सक्छ, कुराकानी टुंग्याउन बाँकी छ ।’ उनकाअनुसार प्रधानमन्त्री देउवा र लोसपा दुवैतर्फ छलफल र संवाद जारी छ ।न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*