यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने मकवानपुरका २५ जनप्रतिनिधी

मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।
एमालेबाट निर्वाचित भएका उनीहरु विहीबार आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।
नयाँ पार्टीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाका उप मेयर मीना कुमारी लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।
यस्तै, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ,थाहा नगरपालिका वडा नम्बर ५ का सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, कैलाश गाउँपालिका वडा नम्बर ८ का सदस्य अनिता बलले एकीकृत समाजवादी रोजेका छन् ।
यस्तै, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ३ का वडा सदस्य उमा कुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
आज एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीन र बकैया गाउँपालिकाका ४ जना सदस्य रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । अध्यक्ष पाख्रेल आजमात्रै एमालेबाट रुपान्तरित एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष चयन भएका हुन् ।
मकवानपुरका अन्य स्थानीय तहका एकीकृत समाजवादीमा आबद्द हुन चाहाने जनप्रतिनिधीले भोलि पनि निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सांसद मुनु सिग्देलले जानकारी दिइन् ।