पुजा गर्ने विषयमा विवादपछि झडप, घाइतेको हेलिकप्टरबाट उद्दार

लोकखबर
२० भाद्र २०७८, आईतवार १५:२६

जाजरकोट । डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समुहबीच झडप हुँदा एक महिलासहित चार जना  घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको  अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाइ फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य  तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ ।  पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*