निर्देशक सुदर्शन थापाले सुप्रियासँग साटे औंठी

लोकखबर
२१ भाद्र २०७८, सोमबार १४:१९

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।
सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।  सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*