१-९ असोजमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

लोकखबर
२१ भाद्र २०७८, सोमबार १६:३२

काठमाडौँ । आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१) आयोजना हुँदैछ । भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत गरिने महोत्सवमा युरोपियन, नेपाली र हिन्दी सिनेमा देखाइने छ । महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गर्न लागेको हो ।

महोत्सवको दशौँ संस्करण १ देखि ९ असोजसम्म हुनेछ । विभिन्न पुरस्कार जित्न सफल १५ चलचित्र तथा अन्य २४ चलचित्रहरू प्रदर्शन गरिनेछन्।

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश गरिएका छन्। यीमध्ये दुईवटा चलचित्रमा नेपाली भाषामा सबटाइटल राखिएका छन्। यस्तै, तीनवटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि देखाइने भएको छ ।

जसमा विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खन्दो तथा सर्जियो बास्सो निर्देशित सरिता छन् । महोत्सवमा देखाइने नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय चलचित्र ‘आई क्यान नट गिभ यू माई फरेस्ट’ उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र हो। यस्तै, गणेश पाण्डे निर्देशित को–हसबेन्ड्स् पनि देखाइने छ ।न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*