एमसीसीविरुद्ध काठमाडौंमा विप्लवको विरोध प्रदर्शन

लोकखबर
२८ भाद्र २०७८, सोमबार १५:०३

मकवानपुर । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।प्रदर्शनका सहभागिले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’ जस्ता नारा लगाएका थिए ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*