नवलपुरमा बस दुर्घटनाः तीन जनाको मृत्यु

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १०:१६

मकवानपुर । नवलपुरको गैंडाकोटमा यात्रु बोकेको बस र ट्रक एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आएको ना ६ ७१२६ नम्बरको ट्रक मंगलबार विहान गैंडाकोटको २३ स्मृति पुल नजिकै ठोक्किएका हुन्।मंगलबार विहान चार बजेतिर उक्त दुर्घटना भएको हो।बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।घाइतेको भरतपुरमा उपचार भइरहेको छ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*